क्यान्सरका बिरामी संग कुरुवा एक जना मात्रै

रासस

बुधबार, ०७ जेठ २०७७, ०७ : ००
क्यान्सरका बिरामी संग कुरुवा एक जना मात्रै

नारायण अधिकारी 

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले ७६ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गरि क्यान्सरका बिरामी पठाउँदा कुरुवा एक जना मात्र पठाउने व्यवस्था गरिदिन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले हस्ताक्षर गरि सोमबार पठाईएको पत्रमा बिरामीको साथमा एक जना मात्र कुरुवा पठाउन आबश्यक सहजिकरण र नियमन गरि सहयोग गरिदिन अनुरोध गरिएको छ । 

अस्पतालमा बिरामी एम्बुलेन्समा आउने गर्दछन् । यहाँको बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा देशै भरीबाट बिरामी उपचारका लागि आउने गर्दछन् । लकडाउनका कारण विदेश जाने बिरामी पनि यही आउने गरेका छन् । एक जना बिरामी संग ५÷६ जना सम्म एम्बुलेन्समा खाँदीएर आउने गरे पछि प्रशासनले सबै जिल्लामा पत्राचार गरि सहजिकरण गरिदिन अनुरोध गरेको हो । 

प्रशासनबाट अनुमति लिदाँ वा बाटोमा चेक गर्दैंगर्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले कडाई गरेमा कुरुवा घट्दछन् । प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला छिर्ने सिमानामा एक जना भन्दा वढि कुरुवा आएमा प्रबेशमा कडाई गरिने बताउनुभयो । आएको कुरुवा अलपत्र पर्ने भएकाले अग्रिम जानकारी गराईएको उहाँले बताउनुभयो । 

क्यान्सर अस्पताल नजिकका होटलहरु एतिवेला बन्द रहेका छन् । कुरुवा घर खालि छैन । बिरामी र कुरुवाले बाहिरै खाना पकाएर खान बाध्य भएका छन् । परिस्थिति जटिल भएकाले बिरामी संग कुरुवा एक जना मात्र आउन भनिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले दैनिक ५० वटा हाराहारी एम्बुलेन्स बिरामी लिएर बिभिन्न जिल्लाबाट आउने गरेको बताउनुभयो ।

 अस्पतालमा दैनिक दुई सय हाराहारी बिरामी उपचारका लागि आउने गरेको उहाँको भनाई छ । अस्पतालले कोरोना संक्रमण भित्रन नदिन सकेसम्म उच्च सावधानी अपनाएको गौतमको भनाई छ । वि. सं. २०५७ सालमा एक सय शैयाबाट अस्पताल संञ्चालनमा आएको हो ।अहिले अस्पताल ४ सय ५० सैया पुगेको छ ।