आज दिनभरको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

मंगलबार, ३० बैशाख २०७७, ०८ : १९
आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया बदली हुने  जनाएको छ ।

अहिले पश्चिमी भू–भागमा सामान्य बदली रही बाँकी क्षेत्रको मौसम आंशिक बदली भएको छ। पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो । यस्तै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावका कारण पनि बलदीसँगै वर्षा हुने देखिएको मौसमविदले बताएका छन् ।

दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति देशको पूर्वी र मध्य भू–भाग लगायत पश्चिम पहाडमा सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । पूर्वी तथा मध्य भू–भागका थोरै स्थान र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस