नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झर्यो, एकतर्फी संचालनमा

सोमबार, २२ बैशाख २०७७, ११ : १४
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो झर्यो,  एकतर्फी संचालनमा

file photo

चितवन । वर्षायाम शुरु भएसंगै नारायणगढ–मुग्लिन सडक खण्डको जलबिरेमा पहिरो झरेको छ । पहिरो झरेसंगै पन्छाएर अहिले एकतर्फी संचालनमा ल्याईएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो सोमबार बिहान साढे १० बजेतिर खसेको हो । पहिरोले बिच सडकमै एउटा ठुलो रुख समेत ढालेको छ । लकडाउनका कारण सडकमा सवारीको चाप कम भएपनि खाद्यान्न ढुवानी गर्न राजधानी आवतजावत गरिरहेका सवारीहरु पहिरोका कारण बिच बाटोमै रोकिएका छन् ।

प्रहरीका अनुसार पहिरो पन्छाउने काम शुरु भईसकेको छ । ठुलो पहिरो गएकाले सडक दुईतर्फी संचालनमा ल्याउन  १, २ घंटा लाग्न सक्ने प्रहरीले जनाएको छ । यो सडक खण्ड स्तरोन्नती गरिएपनि पहिरो नियन्त्रणका लागि प्रभावकारी काम नहुँदा वर्षायाम शुरु भएसंगै पहिरोको जोखिम बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस