भद्रगोलका कलाकार बेलासेलाई कोरोना संक्रमण

शुक्रबार, १९ बैशाख २०७७, १२ : ५८
भद्रगोलका कलाकार बेलासेलाई कोरोना संक्रमण

काठमाडौं ।  हाँस्य श्रृखला ‘भद्रगोल’का निर्माता तथा कलाकार सुवास कार्की ‘बेलासे’लाई कोरोना संक्रमण भएको छ । 

करिब २ बर्षदेखि लण्डनमा बस्दै आएका उनी कोरोना पुष्टि भएपछि लण्डनस्थित निवासमै सेल्फ आइसोलेसनमा बसेका छन् ।

श्रीमती वीना, एक छोरा र एक छोरीका साथ लण्डनमा बस्दै आएका उनी लण्डनको एक कम्पनीमा सुरक्षासम्बन्धी काम गर्ने गदर्थे ।

प्रतिक्रिया दिनुहोस