बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमणको नयाँ बिरामी फेला परेनन्

विहीबार, १८ बैशाख २०७७, १७ : १५
बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमणको नयाँ बिरामी फेला परेनन्

काठमाडौं । बितेको २४ घण्टामा कुनै पनि कोरोना संक्रमणको नयाँ बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ । 

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या ५७ जना रहेको र त्यसमा १६ जना निको भएर घर फर्किएको जानकारी दिए । 

हाल धनगढीमा १ जना, भरतपुरमा १ जना, उदयपुरमा २८ जना, पर्सामा ३ जना, झापामा २, जना, भोजपुर र धनुषामा १–१ जना, रौतहटमा २ जनाको उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको छ ।