‘आई लभ यु’ भन्दै एकैसाथ एकै दिन विदा भयो कोरोना संक्रमित यो जोडी

विहीबार, १८ बैशाख २०७७, १२ : ३२
‘आई लभ यु’ भन्दै एकैसाथ एकै दिन विदा भयो कोरोना संक्रमित यो जोडी

एजेन्सी । आजीवन एकसाथ बिताएपछि मेरी केपलर र उनका श्रीमान् विलफोर्ड ६ घण्टाको अन्तरमा एक अर्कालाई छाडेर संसारबाट विदा भएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि यो जोडीले अमेरिकाको विस्कन्सिन अस्पतालमा उपचार गराइरहेको थियो । उनीहरु कसरी संक्रमित भए भन्ने विषय परिवारलाई कुनै स्पष्ट जानकारी भने छैन ।

दुबैमा संक्रमण देखिएको हुनाले अस्पतालमा उनीहरुलाई एकसाथ राखिएको थियो । जबकी, कोरोना भाइरसका अधिकांश बिरामी आफ्ना प्रियजनबाट टाढिनुपर्छ ।

७३ वर्षसम्म एकसाथ बिताएको यो जोडी मृत्युअघि पनि नजिकैका दुई बेडमा रहेको र शनिबार मृत्युअघि  एक अर्कालाई अन्तिमपटक ‘आई लभ यु’ भनेको नातिनी नाटाली लामिकाले बताइन् । 

‘अस्पतालमै उनीहरुले एकअर्काको हात समातेका थिए र यो सबै सुन्नु निकै हृदयविदारक छ,’लामेकाले भनिन्, ‘हामी यसैमा धन्य छौं कि उनीहरु साथमा थिए र एकअर्काको अवस्थाबारे जानकार थिए ।’