कोरोना भाइरस विरुद्ध वैकल्पिक चिकित्साको साथ : मन्त्रालयले जारी गर्‍यो निर्देशिका

बुधबार, १७ बैशाख २०७७, १८ : ४५
कोरोना भाइरस विरुद्ध वैकल्पिक चिकित्साको साथ : मन्त्रालयले जारी गर्‍यो निर्देशिका

काठमाडा । सरकारले आयुर्वेद र वैकल्पिक चिकित्सा सम्बन्धि निर्देशिका जारी गरेको छ । आयुर्वद र वैकल्पिक चिकित्सा विधिबाट कोरोना भाइरस विरुद्ध कसरी रोग प्रतिरोधात्क क्षमता बढाउन सकिन्छ भने कुरा निर्देशिकामा उल्लेख गरिएको छ । 

घरैमा उपलब्ध सामग्रीको कसरी प्रयोग गर्न सकिन्छ ? क्वरोन्टाइनमा रहेका बेला र घरमा हामीमा आउने निरासापन र डिप्रेसनलाई कसरी कमगर्न सकिन्छ भन्ने विषयमा निर्देशिका ल्याइएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । योगा, अभ्यास र व्यायामको बारेमा निर्देशिकामा उल्लेख छ । 

त्यसैगरी निको भैसकेको व्यक्तिलाई त्यसपछि पुर्नस्थापना कार्यमा आयुर्वेदिक वैकल्पिक चिकित्साबाट सहयोग कसरी पुर्याउन सकिन्छ भन्ने पनि रहेको उनले बताए । 

परीक्षणको दायरा बढ्दै
प्राप्त विवरण अनुसार मन्त्रालयका अनुसार पिसिआर ११ हजार ५२४, ४५ हजार ६६५ आरडिटी, र पछिल्लो २४ घण्टामा २ हजार ३६७ नमूना परीक्षण भएको छ । 
प्रदेश अनुसार आरडिटी परीक्षणमा कोतथ्यंक समेत मन्त्रालयले सार्जजनिक गरेको छ । जस अनुसार  प्रदेश १ मा ४८८१, प्रदेश  २ मा ५२५८ वाग्मती प्रदेशा  ८२१७, गण्डकी प्रदेशमा ५३४, प्रदेश ५ मा ३६७१, कर्णालीमा ५२६९ र सुदुरपश्चिम प्रदेशमा १२ हजार ९८६ जनाको नमुना परीक्षण भएको छ । मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा २२ हजार ९०१ रहेका छन् । आइसोलेसनमा रहेका ८७  जना छन् भने छन् । त्यसमध्य उपत्यका बाहिर ८३ जना रहेका छन् । मन्त्रालयले कल सेन्टरबाट समेत गुनासो लिइरहेको छ ।  

स्वमूल्यांकन गर्ने २८ हजार ६९५ पुगेका छन् । आजमात्र ५७० जनाले दर्ता गरेका छन् । यो अबधीमा ३१० जना रेड जोनमा रहेका छन् । परिक्षण र स्वास्थ्य स्थितका बारेमा ट्रेसिंग भैरहेको मन्त्रालण्का डा विकास देवकोटाले बताए । 

सीमामा थप कडाइ
लकडाउनका बेला सीमानाका यात्रु रोकिएको छ । मालसामान ढुवानी कायम छ । सीमानाकाबाट प्रवेश गराउने लुकाउने गरेमा कारबाही हुने निर्णय सरकराले गरेको छ । संक्रमति बढ्न नदिन उच्च सतर्कता अपनाइएको छ । 
थप चारमा कोरोना 

उनका अनुसार थप तीन जनामा कोरोना पुष्टि भएको सार्वजनिक गरे पनि पछिल्लो समयमा अर्काे एक जना थपिएर चार जना पुगेका छन् । यो सँगै ५८ जनामा रोग देखिएको छ । उनीहरु सिमरा क्वारेन्टाइनमा रहेका थिए । हाल नारायाणी अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म १६ जना निको भएर फर्किएका छन् । धनगढीमा १, भरतपुरमा १, विरजंगमा ८ जना विराटनगरमा ३१ जना गरी ४१ जनाको उपचार भैरहेको छ ।

विदेशबाट आएकाहरु खुल्नुपर्यो 

उनले भाइरसको त्रास विरद्ध लडिरहेका बताउँदै विदेशबाट आएका र अन्य व्यक्तिहरु संक्रमित छु भन्ने लागेकाले विभेद हुन्छ भन्ने डरले परिक्षण नगराएको पाइएको छ । परिवार र सिंगो समाजलाई संक्रमणको जोखिम बढ्न जान्छ । आत्तिनु पर्दैन । १६ जना निको भएर जानु भएका छन् । विदेशबाट फर्केर आएकालाई डराउनुपर्ने हैन सजग हुनुपर्ने हो । मैले अलग्गै बस्नुपर्छ हैनभने म बाट अरुमा सर्नसक्छ भन्ने जानकरी राख्नुपर्छ , देवकोटाले थपे ।  

समुदायले पनि क्वारेन्टाइनमा बस्न र पक्षिण गर्न सहयोग गर्नुपर्छ । परिक्षण भएन भने समुदायका अन्य व्यक्तिलाई पनि सर्न सक्ने चिकित्सकले बताएका छन् ।