दैैनिक जसो नै थपिँदै कोरोना संक्रमण : एकैदिन ९ हजारको परक्षिण

हालसम्म ५४ हजारको स्वास्थ्य चेक

सफल खबर संवाददाता

मंगलबार, १६ बैशाख २०७७, २० : ४६
दैैनिक जसो नै थपिँदै कोरोना संक्रमण : एकैदिन ९ हजारको परक्षिण

काठमाडौँ । नेपालमा दैनिक जसो नै कोरोना संक्रमण देखिन थालेको छ । पछिल्ला केही दिनमा प्त्येक दिन  वा एक दिन विराएर संक्रमण देखिन थालेको छ । तर पनि सरकारले संक्रमण भने नियन्त्रणमा रहेको जनाएको छ । 

आज मात्रै थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । यसअघि आइतवार तीन जनामा देखिएको थियो । त्यसको अघिल्लो दिनमा पनि संक्रमण  फेला परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज भेटिएका २४ र ३५ बर्षका दुई भारतीय पुरुष रहेका छन् । सीमा नाकाबाट नेपाल छिरेका उनीहरु क्वारेन्टाइनमा रहेका थिए ।
यि दुई जनासँगै नेपालका कोरोना संक्रमण देखिएका ५४ जना पुगेको मन्त्रालयले जनाएको छ । यि मध्ये १६ जना उपचारपछि घर फर्की सकेकाका छन् । बाँकी ३८ जनाको देशका विभिन्न अस्पतालमा उपचार भैरहेको मन्त्रालयका डा विकास देवकोटाले बताए ।

हालसम्म  प्रयोगशाला परिक्षण ५४ हजार ८२६ कुल परिक्षण भएको जनाइएको छ । जसमध्ये १० हजार ८०७ पिसिआर परिक्षण तथा ४४ हजार १९ आरटिडी परिक्षण रहेका छन् । गत चौबिस घण्टामा मात्र ९ हजार १९३ परिक्षण भएको मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टाइमा २२ हजार ९९ जना रहेका छन् । 
बढ्दो छ स्वमूल्याङकन 

कोरोना भाइरस परिक्षणका लागि स्वमूल्याङ्कन गर्ने संख्या बढेको छ । सबैभन्दा धेरै स्वमूल्याकंन फारम भर्ने वागमति प्रदेशका रहेका छन् । त्यसपछि प्रदेश नम्बर २ र प्रदेशनम्बर १ र प्रदेश नम्बर ५ बाट धेरैले स्वमूल्याङ्कन फाराम भरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यि बाहेक गण्डकी, सुदुरपश्चिम र कर्णाली प्रदेशका स्वमूल्याङ्कर्ता रहेका छन् । जिल्लाहरुमा सबैभन्दा बढि काठमाडौँ, बारा, ललितपुर, रुपन्देही, भक्तपुर, मोरग, झापा, सुनसरी, कास्की र चितवन रहेको मन्त्रालयले बताएको छ । 


त्यसैगरी विभिन्न हिमाली जिल्ला हुम्ला,जुम्लाबाट पनि स्वमूल्याङ्कनको फाराम भरिएका छन् । मन्त्रालयले उपलब्ध गराएको अनलाइन फारममार्फत आफूलाई देखिएको समस्या उल्लेख गर्दै सचेत रहनका लागि यो स्वमूल्याङ्कन फारा मभर्ने गरिन्छ । यसरी भरिएको फाराममा शंकास्पद लक्षण रहेका खण्डमा सम्बन्धित क्षेत्रबाटै ति व्यक्तिलाई परिक्षण गराउन पहल हुनेगर्छ ।