मुलुकमा कोरोनाको अबस्था : ५३ हजारको परीक्षण, १६ ठाउँमा पिसिआर सेवा, १६ जना निको, २० हजार क्वारेन्टाइनमा

सफल खबर संवाददाता

सोमबार, १५ बैशाख २०७७, १८ : १४
मुलुकमा कोरोनाको अबस्था : ५३ हजारको परीक्षण, १६ ठाउँमा पिसिआर सेवा, १६ जना निको, २० हजार क्वारेन्टाइनमा

काठमाडौँ । मुलुकभर हालसम्म कुल ५३ हजार ५२४  जनाले स्वास्थ्य परीक्षण गराएका छन् । यसमध्य  पिसिआईबाट १० हजार ४७१ र आरडिटीबाट ४३ हजारको परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

गत २४ घण्टामा मात्रै २ हजार १८५ जनको परीक्षण भएको छ । प्रदेश १ मा ४ हजार ५४५ , २ मा ५ हजार २०८, वाग्मतीमा ७ हजार ६२६, गण्डकीमा ४ हजार ९२४, पाँचमा ३ हजार ४७१, कर्णलीमा ५ हजार १२८ , सुदुरपश्चिममा ११ हजार ९६१ ज्नाको परीक्षण गरिएको छ ।  

हाल २० हजार १९५ जना क्वारेन्टाईनमा रहेका छन् । प्रदेश १ मा १ हजार ९५६, २ मा एक हजार ४८९, बाग्मतीमा २३०, गण्डकीमा ५५४, प्रदेश ५ मा ११ हजार २०२, कर्णालीमा ३ हजार १२५ र सुदुरपश्चिम प्रदेशमा १ हजार ६३९ जना रहेका छन् । १०६ जना आइसोलेसनमा छन् । उपत्यका बाहिर ९८ जना छन् । कस लेन्टरबाट एक दिनमा २ हजार ११९ वटा कल प्राप्त भएको र त्यसको गुनासो सम्बोधन गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । 

प्रदेशमा १ मा एक यस बेडको अस्पताल 
प्रदेश नं १ सरकारले सुनसरीको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १०० वेडको कोरोना अस्पताल सञ्चलनमा ल्याएको छ । त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआई विधिबाट परीक्षण शुरु भएको छ । योसँगै पिसिआई विधिबाट परीक्षण गर्ने अस्पतालको संख्या १६ पुगेको छ । नीजि प्रयोगशालाले भने छुट्टै अनुमति लिनुपर्ने प्रावधान छ । 

१६ जना घर फर्किए 
आजसम्म कुल संक्रमित ५२ जना भएका छन् । १६ जना निको भएर घर फर्किसकेका छन् । धनगढीमा १, विरगञ्जमा तीन ,भरतपुमरा १, विराटनगरमा ३१ गरी ३६ जनाको उपचार जारी छ । डा देवकोटाका अनुसार सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ । 

संक्रमित भएको अबस्थाले लकडाउनलाई निरन्तर दिनुपर्ने देखिएको छ । पहिलो परीक्षण हंकंगबाट परीक्षण गरिएकोमा । अहिले नेपालका १६ स्थानमा पिसिआरबाट परीक्षण भइरहेको छ ।
धेरै जसो केस पहिलो चरणमा छ । केही ठाउँमा मात्रै दोस्रो चरणमा रहेको छ । यसमै सिमित राख्न सकियो भने संक्रमण कम हुने देखिन्छ । यसका लागि क्वारेन्टाईनको पूर्ण पालना गर्नु हो । नागरिकको जिम्मेवारी पनि महत्वपूर्ण हुन्छ । 

सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको क्षमता वृद्धि पनि जारी रहेको जनाएको छ । नेपालमा गत माघमा कोरोना फेला परेको थियो ।