अमेरिकाले किन रोक्यो डब्लूएचओमाथीको आर्थिक सहयोग ?

सफल खबर संवाददाता

बुधबार, ०३ बैशाख २०७७, ०७ : २४
अमेरिकाले किन रोक्यो डब्लूएचओमाथीको आर्थिक सहयोग ?

काठमाडौं । कोरोना विरुद्दको महासंगा्रममा विश्व नै लागिरहेका बेला  आफुलाई संसारकै अब्बल र शक्तिशाली बताउने मुलुक अमेरिकाले विश्व स्वस्थ्य संगठन (डब्लुएचओ) लाइृ गर्दै आएको आर्थिक सहयोग बन्द गरेको छ ।

डब्लुएचओले कोरोना विरुद्धको लडाईका क्रममा राजनीति गरेको भन्दै प्रतिक्रिया दिदै आएको थियो । पछिल्लो पटक उसले आर्थिक सहयोग नै रोक्ने निर्णय गरेको हो ।

डब्लुएचओ संयुक्त राष्ट्रसंघ अन्तर्गतको संस्था हो । अमेरिका यसको एकमात्र ठूलो दाता राष्ट्र   हो । गत वर्ष अमेरिकाले डब्लुएचओलाई ४ सय मिलियन डलर उपलब्ध गराएको थियो । यो डब्लुएचओको कूल बजेटको करिब १५ प्रतिशत हो ।

कोरोना भाइरसको महामारीको बेला डब्लूएचओेले चीनको पक्ष लिएको र काम पनि सन्तोषजनक नभएको भन्दै अमेरिकाले डब्लूएचओलाई दिँदै आएको सहयोग रोक्ने निर्णय गरेको हो ।

कोरोनाका विषयमा जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, –‘डब्लूएचओेको भूमिकाको समीक्षा गरियो, तर प्रभावकारी काम गर्न असफल रह्यो ।त्यसैले मैले मेरो प्रशासनलाई डब्लूएचओेलाई दिँदै आएको सहयोग रोक्न निर्देशन दिएको छु ।’ 

ट्रम्पले डब्लूएचओले कोरोना भाइरसबारे गलत सूचना दिएको आरोप समेत लगाउदै आएका थिए । कोरोनासँग जुध्ने सवालमा चीन अब्बल देखिएको र अमेरिकामा महामारीले सबैैभन्दा  बढी मानिस मर्न थालेपछि विश्वमा सवैभन्दा शक्तिशाली को रहेछन् भन्नेमा वहस भईरहेका छन् ।

अमेरिकाले आफनो देशका नागरिकको बचाउ र कोरोना विरुद्ध लडने सवालमा कमजोरी गरिरहदा आफनो गल्तीको ढाकछोपकै लागि डब्लुएचओले गलत सूचना दिएको कारण विश्वभर कोरोना भाइरसका कारण धेरैले ज्यान गुमाइरहेको आरोप लगाइृरहेको छ ।

प्रतिक्रिया दिनुहोस