कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ

मंगलबार, ०२ बैशाख २०७७, १३ : ४६
कोरोना भाइरस स्वाइन फ्लूभन्दा १० गुणा घातक : डब्लूएचओ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड-१९ स्वाइन फ्लूभन्दा १० गुणा घातक हुने पुष्टि भएको बताएको छ ।

हालै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम घेब्रेससले कोरोना भाइरसको क्षति स्वाइन फ्लूबाट भएको क्षतिभन्दा धेरै भइसकेको बताए । २००९ को जनवरीदेखि २०१० को अगस्टसम्म महामारीको रुपमा फैलिएको स्वाइन फ्लूबाट १६ लाख संक्रमित भएका थिए । जसका कारण १८ हजार ४ सय ४९ जनाको मृत्यु भएको थियो । 

कोरोना भाइरसका कारण विश्वभर १८ लाख ३५ हजार भन्दा धेरै संक्रमित भएका छन् । यस्तै १ लाख १३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।