सरकारको निर्देशन पालना गर्न राष्ट्रपतिको अनुरोध

बुधबार, १२ चैत्र २०७६, १७ : २९
सरकारको निर्देशन पालना गर्न राष्ट्रपतिको अनुरोध

File Photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील अवस्थालाई मध्यनगर गर्दै सरकारले जारी गरेका निर्देशनलाई पालना गर्न अनुरोध गरेकी छिन् । उनले घरमै बसेर आफू र आफ्नो परिवारको अमूल्य जीवनको रक्षा गर्न पनि आह्वान गरेकी छिन् । 

बुधबार कोरोना भाइरस (कोभिड १९) बाट उत्पन्न विश्वप्यापी महामारी रोकथामको सन्दर्शमा राष्ट्रपतिको जारी सन्देशमा  सबै पक्ष संयमित बन्दै घातक भाइरस विरुद्धको अभियानमा सुदृढ तुल्याएर मानव जीवनको रक्षार्थ आ–आफ्नो ठाउँबाट क्रियाशील हुन समेत आह्वान गरेकी छिन् । 

उनले लकडाउनको अवधिमा घरमै बस्नु परेको अवस्थालाई सिर्जनात्मक, रचनात्मक र उत्पादनमुलक बनाउन सकिने कुरामा पनि ध्यानाकर्षण गराएकी छिन् । यस समयमा सबै मुलुकको अर्थतन्त्रलाई स्वावलम्बी र आत्मनिर्भर बनाउनका लागि के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन, अनुसन्धान र चिन्तन मनन गर्ने काममा समेत सदुपयोग गर्न सकिन्छ भन्ने आफूलाई लागेको राष्ट्रपतिले बताएकी छिन् ।