माओवादी आक्रमणमा १४ जना घाइते, १७ जना बेपत्ता

एजेन्सी

आइतबार, ०९ चैत्र २०७६, ११ : ३४
माओवादी आक्रमणमा १४ जना घाइते, १७ जना बेपत्ता

फाईल फोटो

एजेन्सी । भारतको छत्तीसगढ राज्यमा पर्ने सुक जिल्लामा भएको संदिग्ध माओवादी हमलामा सुरक्षाबलका १४ जवान घाइते भएका छन् भने १७ जना बेपत्ता छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

छत्तीसगढमा यस वर्ष माओवादीको यो सबैभन्दा ठूलो हमला मानिएको छ । प्रहरीका एक अधिकारीले बीबीसीको कुराकानीमा बस्तरमा पछिल्लो समय माओवादीविरुद्ध ‘अपरेशन प्रहार’ नामक विशेष अभियान चलाइएको जानकारी दिए । यही अभियानका लागि शुक्रबार एसटीएफ र डीआरजीका जवानहरुको एक टोली दोरनापालबाट निक्लिएको थियो । बुरकापालमा यो टोलीमा सीआरपीएफका जवान पनि शामिल भएका थिए ।

शनिबार दिउँसो चिन्तागुफाा थानाको कसालपाड र मिनपाको बीचमा संदिग्ध माओवादीहरुले सुरक्षाबलको यो टोलीमाथि हमला गरेको थियो । टोली सर्च अपरेशनपछि फर्किरहेका थिए । प्रहरीका अनुसार संदिग्ध माओवादीहरुले सुरक्षाबललाई चारतिरबाट घेरेर कोराज डोङ्गरी पहाडको माथिबाट हमला गरेका थिए ।

दुई पक्षबीच केही घण्टाको मुठभेडपछि यस हमलामा घायल केही जवानलाई उनका साथीले घटनास्थलबाट बाहिर निकाल्न सफल भएका थिए । उनीहरुलाई एयरलिफ्ट गरेर राजधानी रायपुरको एक निजी अस्पतालमा भर्ती गरिएको थियो ।

कसालपाड त्यही क्षेत्र हो जहाँ सन् २०१४ मा माओवादीको हमलामा परेर सीआरपीएफको २२३ औँ बटालियनका १४ जवान मारिएका थिए ।

घना जंगलबाट घेरिएको कसालपाड नजिकै रहेको मिनपा क्षेत्रमा प्रहरीले कयौँ पटक आफ्नो क्याम्प स्थापना गर्ने प्रयास गरे पनि माओवादीहरुको लगातार हमलापछि आफ्नो निर्णय फिर्ता लिन बाध्य बनेका थिए ।

छत्तीसगढमा पछिल्लो वर्ष माओवादी हिंसामा कमी आएको थियो । तर, सरकारको तमाम दाबी बीच माओवादीले पुनः आफ्नो शक्ति प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस