नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खान हालै मुम्बई वेलफेयर फन्डका लागि आयोजित कार्यक्रम ‘उमंग २०२०’ मा सहभागी भए । सो कार्यक्रमका क्रममा उनले आफ्नो जीवनका एक रोचक किस्सा सुनाएका छन् ।
कार्यक्रममा उनले आज पनि एक बूडा साइकल मिस्त्रीको १.२५ रुपैयाँ उधारो नतिरेको बताएका थिए । कमेडियन कपिल शर्माका साथ उनीसहित कयौ बलिउड अभिनेताले आफ्नो रिल र रियल लाइभको रोचक घटना सुनाएर सबैलाई निकै हराएका थिए । सोही क्रममा सलमान खानले बताएकि उनीमाथि अहिले पनि एक वृद्ध साइकल मिस्त्रीको उधारो रहेको छ ।
यसले अहिले पनि उनलाई झस्काइरहन्छ । सलमानले बताए–मैले सर्ट लगाएको थिएँ र मेरो साथमा पैसा थिएन । यसबारे मैले काकालाई भने कि यसको मर्मत गरिदिनु र पैसा पछि तिर्छु ।’ सलमानका अनुसार जब उनले पैसा मेकानिक्सलाई पछि तिर्न खोजे उनले सो लिन मानेनन् ।
सलमानले कार्यक्रममा बाल्यकालमा पेट्रोल बचाउनका लागि स्कुटरमा आधा मट्टितेल हालेको रोचक किस्सा पनि सुनाए । कार्यक्रममा सलमानका साथै कट्रिना कैफ, शाहरुख खान, ऋतिक रोशन, कृति सनन, माधुरी दीक्षित, जन लिवल लगायतपनि सहभागी थिए । एजेन्सी
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सलमान खानको ‘कालो हरिण सिकार’ मुद्दा २५ वर्षपछि सुनुवाइ हुँदै
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की