धुर्मुस–सुन्तलीलाई धक्का

पत्रपत्रिकाबाट

सोमबार, ०६ माघ २०७६, १७ : ३१
धुर्मुस–सुन्तलीलाई धक्का

काठमाडौं । सँगैका साथीभाइले फिल्म बनाएर कमाएको देखेपछि सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) लाई पनि फिल्म बनाउन रहर लाग्यो । मागेरै कत्रा–कत्रा बस्ती र क्रिकेट रंगशाला त बनाइरहेका छन् भने जाबो करोड/दुई करोडको फिल्म बनाउन के गाह्रो ? उनीहरूले फिल्म बनाउने घोषणा गरे । नाम राखियो, ‘सेन्टी भाइरस’ । फिल्मको सुटिङ सकिईकन भर्खरै गीत पनि रिलिज भइसकेको छ । तर, गीत सोचेजस्तो हिट खाएन । महिना दिनमा मुस्किलले १० लाख भ्युज पायो । 

यो फिल्म र दीपेन्द्र के खनालको ‘आमा’ एकै दिन रिलिज हुँदै छन् । प्रतिस्पर्धा कतिसम्म चर्को थियो भने ‘आमा’को ट्रेलर रिलिज भएकै दिन ‘सेन्टी भाइरस’को गीत पनि रिलिज भएको थियो । ‘आमा’को ट्रेलर ट्रेन्डिङका खुड्किला चढ्दै एक नम्बरसम्म पुग्यो तर स्टारकास्टले भरपूर ‘सेन्टी भाइरस’को गीत एक नम्बर त परको कुरा, ट्रेन्डिङमै छिर्न सकेन । गीत त जे भयो भयो, तर गीतको जस्तै हालत फिल्मको पनि भयो भने चाहिँ धुर्मुसलाई फिल्म बनाउने निर्णय निकै भारी पर्नेवाला छ । - सम्पूर्ण साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस