सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

सफल खबर संवाददाता

मंगलबार, १५ पुस २०७६, १८ : ३८
सिटी सेन्टरमा ६० प्रतिशतसम्म छुट

काठमाडौं । काठमाडौंको कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ । 

यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस