रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

सफल खबर संवाददाता

सोमबार, ३० मंसिर २०७६, ०७ : ३७
रहेनन् चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराई

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको आइतबार राति निधन भएको छ। उनको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि ओम अस्पताल लगिएकोमा चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए । उनको मृत्यु आइतबार राति १० बजेर २० मिनेटमा भएको पारिवारिक स्रोतले जनाएको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले उनले पार्थिव शरीर सोमबार बिहान २ बजेपछि लचित्र विकास वोर्डको कार्यालयमा श्रदाञ्जलीका लागि राखिने जानकारी दिए ।

त्यसपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । करिब ३ दशकदेखि अभिनय र सिनेमा निर्माणमा सक्रिय ५४ वर्षिय भट्टराई एक पत्नी र छोरा रहेका छन्।

प्रतिक्रिया दिनुहोस