कोहलपुरमा कफ्र्यु आदेश जारी नभएको स्पष्ट

रासस

सोमबार, २३ मंसिर २०७६, १४ : ५५
कोहलपुरमा कफ्र्यु आदेश जारी नभएको स्पष्ट

नेपालगञ्ज । बाँकेको कोहलपुरमा कफ्र्यु आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ । निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो । आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो । 

तनावको अवस्थालाई मत्थर पार्न र कुनै ठूलो दुर्घटना हुन नदिन कोहलपुरको केही स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले हिजै जारी गरेको सूचनामा उल्लेख छ ।  (रासस) 

प्रतिक्रिया दिनुहोस