देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि भरतपुरमा श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञ

सफल खबर संवाददाता

शुक्रबार, १३ मंसिर २०७६, १८ : ०४
देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि भरतपुरमा श्रीमद् भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञ

चितवन । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल देवघाटमा बेद बिज्ञान समन्वयात्मक समाबेशि कन्या गुरुकुल स्थापनाका लागि भरतपुरमा श्रीमद भागवत महापुराण धन धान्यान्चल ज्ञान महायज्ञ आयोजना गरिएको छ । मातृ शक्ति जागरण महाअभियानअन्तर्गत देवघाटमा कन्या गुरुकुल स्थापनाका लागि श्रीमद्भागवत महापुराण सरु भएको छ । ॐ शिवशक्ति कल्याणी केन्द्र, भरतपुरको आयोजनामा आयोजित महायज्ञको प्रदेश नम्वर ३ का सहकारी कृषि तथा भुमि ब्यवस्था मन्त्रि दावा दोर्जे लामाले उद्धघाटन गर्नु भएको छ । 

महायज्ञको उद्धघाटन गर्दै मन्त्रि दावा दोर्जे लामाले गरुयोजना पुरा गर्न प्रदेश सरकारले आवश्यक सबै खाले सहयोग गर्ने बताउनु भयो । महायज्ञबाट जति रकम उठ्छ र गुरु योजना अनुसार काम गर्न जति रकम अपुग हुन्छ त्यो रकम आफूले ३ नम्वर प्रदेश ४ नम्वर प्रदेश र केन्द्र सरकारका प्रर्यटन मन्त्रि समक्ष पुगेर पनि आर्थीक सहयोगका लागी पहल गर्ने बताउनु भयो ।
कार्यक्रममा महायज्ञका सहसंयोजक बाल सन्त कल्याणी दास, संस्थाका संस्थापक अध्यक्ष रमा कार्की, देवघाट क्षेत्र बिकास समितिका प्रमुख कार्यकारी अधिकृत धिरन घिमिरे, पुर्व मन्त्रि साबित्रि बोगटी पाठक, ॐ शिवशक्ति कल्याणी केन्द्रकी प्रमुख संरक्षक शिबं शंक्ती कल्याणी माता लगायतले बोल्नु भएको थियो ।
महायज्ञमा उद्धघाटनकै अवसरमा ७ लाख बढि रकम दाताहरुले बोल्नु भएको थियो । बिरगन्जका बिक्रम कार्कीले ५ लाख ५ हजार ५ सय ५५ रुपैया रकम दानको घोषणा गर्नु भएको थियो ।

पछिल्लो समय धर्म र संस्कृति हराउंँदै र हस्तक्षेप भईरहेको भन्दै गरुकुल शिक्षामार्फत यसको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको महायज्ञ मूल समारोह समितिका संयोजक रविन्द्र अधिकारीले बताउनु भयो । नेपालका सबै वर्ग समुदाय, सम्प्रदायका नारीहरुलाई समेट्ने गरी गरुकुल शिक्षा दिन लागिएको हो । निर्माण सम्पन्न गर्न करिव २० करोड लागत लाग्ने अनुमान गरिएको सो गरुकुलमा पहिलो चरणमा ६ कक्षादेखि शिक्षा आरम्भ हुने छ । १२ रोपनी क्षेत्रफलमा फैलिएको गरुकुलमा आवास सहितको व्यवस्था, पुस्तकालय, सभाहल लगायतका संरचना निर्माण गर्ने बताइएको छ । देवघाटमा हाल २ वटा गरुकुल विद्यालय मार्फत पठनपाठन भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस