विप्रेषण आप्रवाह लगातार दोस्रो महीनामा पनि घट्यो’

पत्रपत्रिकाबाट

शुक्रबार, ०६ मंसिर २०७६, ०८ : ०२
विप्रेषण आप्रवाह लगातार दोस्रो महीनामा पनि घट्यो’

काठमाडौं । नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाह लगातार दोस्रो महीना घटेको छ । सामान्यतया चाडपर्व, विशेषगरी दशैंको समयमा उच्चरूपमा विप्रेषण भित्रने गरेकोमा यसपालि त्यसको ठीक विपरीत घट्न पुग्यो । 
नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा विप्रेषण करीब ५ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार असोजसम्म रू। २ खर्ब ३० अर्ब २४ करोड विप्रेषण नेपाल भित्रिएको छ, जुन अघिल्लो आवको सोही महीनामा रू। २ खर्ब ४२ अर्ब १७ करोड रहेको थियो । गत भदौमा विप्रेषण आप्रवाह १९ महीनापछि पहिलोपटक घटेको थियो । चाडपर्वका कारण असोजमा विप्रेषण बढ्ने राष्ट्र बैंकको अपेक्षा थियो । 
राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्टले चालू आवमा विप्रेषण आउने आधार खुम्चिँदा यस्तो अवस्था आएको बताए । ‘गत आवमा आधार बलियो हुँदा विप्रेषण बढेको थियो । तर, अहिले त्यो अनुसारको आधार नबन्दा कम आएको हो ।’ आर्थिक अभियानमा खबर छ ।

प्रतिक्रिया दिनुहोस