नेकपाभित्रै प्रधानमन्त्री केपी ओलीका यस्ता छन् दुई दाउ

सफल खबर संवाददाता

मंगलबार, ०५ कार्तिक २०७६, १३ : ५६
नेकपाभित्रै प्रधानमन्त्री केपी ओलीका यस्ता छन् दुई दाउ

काठमाडौं । प्रधानमन्त्री केपी ओली अहिले पार्टीका अर्का समकक्षी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग सिधासिधा दन्तेवजानमा उत्रिन थालेका छन् । पार्टी सुधारका लागि पार्टीभित्रका वेथिती उजागर गर्दा र त्यसलाई सुधार गरेर जानु पर्ने आवाज उठाईरहेका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल अहिले ओलीलाई प्रिय लाग्न छोडेको छ  ।
पाटी सचिवालयभित्रै झण्डै अल्पमतमा परेका ओलीले चलाखीपूर्ण तरिकाले केही समय अगाडी माधव नेपाललाई एक्लाउन अन्य नेताहरुलाई आफुसँगै सहमत वनाउन सफल भएका थिए । ओलीको आफु वलियो वनाउन कुनै अर्काे पक्षको साथ लिएर एउटा पक्षलाई हिर्काउने र त्यो हिकाई पछि त्यही साथ लिएको पक्षलाई पनि चिर्थाोर्न प्रयास गर्ने वानी छ ।
यो वानी ओलीको नयाँ होइन, उनले अहिले यही पूरानो वानीलाई पार्टीभित्र अस्त्रका रुपमा प्रयोग गरिरहेका छन् । त्यही कारण उनी अहिले पार्टीकै अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालप्रति आक्रामक भईरहेका छन् । कारण उनले आफु वलियो वन्न र आफु अनुकुलको समिकरण निर्माणका लागि नेताहरुसँग गरेको प्रतिवद्धता र आश्वासन कार्यान्वयनमा जाने वेला ओलीमा देखिने अनिच्छा । अहिले उनलाई त्यही भएको छ ।
उनले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन गर्दा अवको ११ महिनापछि सरकारको नेतृत्व छोडनुपर्ने हुन्छ । त्यसवेला ओली प्रचण्डका वीचमा पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जर्नादन शर्मालाई साक्षी राखेर ५ वुँदे लिखित सहमति भएको थियो । त्यो सहमतिमा सरकारको नेतृत्व आधा– आधा अवधी गर्ने सहमति भएको थियो ।
अहिले ओली समझदारी अनुसारको सरकारको नेतृत्वमा वस्ने समयावधि जति छोटिदै जान थालेको छ, त्यक्ति नै सरकारको नेतृत्व नछोडने दाउमा छन् । यस अगाडी पहिलो पटक प्रचण्डकै साथमा सरकारको वागडोर सम्हाल्न सिंहदरवार पुग्दा पनि ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने समझदारी गरेका थिए । पछि त्यो समझदारी पालनामा ओली चुक्दा उनीविरुद्द तत्कालिन माओवादीले अविश्वास प्रस्ताव दर्ता गराएर सरकारवाट वर्हिगमन गर्न वाध्य पारेका थिए ।
गत साउन अन्तिम साता ओलीले पार्टीभित्र आफु अनुकुलको वातावरण निर्माणका लागि वामदेव गौतमलाई उपाध्यक्ष देखि संगठन विभागमो प्रमुख, झलनाथ खनाललाई माधव नेपाल भन्दा अगाडी राखेर वरियता निर्धारण गर्ने क्रममा प्रचण्डलाई पनि पार्टी सञ्चालनको जिम्मा दिने गरी नयाँ समझदारी गरेका थिए । तर ओली सिंगापुरमा उपचार भ्रमणवाट फर्केपछि फेरि त्यो समझदारीवाट पछि हटन खोजेका छन् । उनी पार्टी र सरकारको दुवै नेतृत्वमा आफ्नै पकड जमाउने र प्रचण्डलाई कमजोर वनाउने रणनीतिमा अहिले लागेका छन् ।

ओलीका २ दाउ
१) पार्टी वैठक सचिवालय निर्णय अनुमोदन र चुनावी तयारीमा मात्र केन्द्रीत गर्ने
ओलीमाथी पार्टीभित्र अहिले स्थायी समिति र केन्द्रीय समिति वैठक वोलाउन चर्काे दवाव छ । वैठक वोलाउन उनीमाथी चर्काे दवाव परेपछि वैठक त वोलाउने तर वैठकमा उनका दुई एजेण्डालाई मात्र अनुमोदन गराउने र वैठक नै सक्ने सोचमा रहेका छन् ।
अध्यक्ष प्रचण्डले कात्तिक १७, १८ मा पार्टी स्थायी समिति वैठक वोलाउन ओलीसँग आग्रह गरिरहेका छन् । ओली वैठक वोलाउदा अहिलेसम्मका कार्यविभाजनका काम सचिवालयले गरेका निर्णय अनुमोदन गराउने र आगामी उपचुनावका उम्मेदवार चयन देखि चुनावी तयारीका केही निर्णय गरेर वैठक सक्ने पहिलो दाउमा देखिएका छन् ।
त्यसो गर्दा पार्टीभित्र अन्य विषयमा छलफल गराएर आफु विरुद्धको पार्टी जनमत रोक्ने तयारीमा ओली छन् । स्थायी समितिमा अन्य विषयमा पनि वहस खुल्ला गर्दा ओली आलोचनाको शिकार हुनसक्ने देखिन्छन् । जसकाकारण पनि उनी स्थायी समिति वा केन्द्रीय समिति वोलाउँदा सरकार वा अन्य विषयमा छलफल लाई पन्छाएर सचिवालय निर्णय अनुमोदन गराउने र चुनावी तयारीमा पार्टी एकढिक्का भएर लाग्नुपर्ने भन्दै वैठक छोटो रुपमा राखेर टुग्याउने तिर मात्र देखिएका छन् । यसो गर्दा ओली पार्टीमा आलोचनावाट जोगिने दाउमा छन् ।

२) प्रचण्ड– माधव मिल्न नदिने
ओली सकभर पार्टीभित्र प्रचण्ड र माधव नेपाललाई मिल्न नदिने रणनीतिमा पनि छन् । प्रध्ण्ड र माधव नेपाल मिल्दा पार्टीमा आफु अल्पमतमा पर्ने ओलीले वुझेका छन् । सकभर मिल्नै नदिने , मिले भने पार्टी निर्णय सचिवालयमै केन्द्रीत गरेर स्थायी समिति र केन्द्रीय समितिलाई निकाम्वा वनाउने ओली दाउ देखिन्छ ।
सचिवालयमा ओलीले इश्वर पोखरेल, झलनाथ खनाल, वामदेव गौतम र विष्णु पौडेललाई साथ लिएर ५ जनाको टिम आफुसँग निकट राखिरहने योजना वनाएका छन् ।
माधव र प्रचण्ड मिलिहालेपनि आफुइतरको त्यो समुहमा प्रचण्ड, माधव नेपाल र नारायणकाजी श्रेष्ठ मात्र लाई सिमित वनाउन ओलीले खोजेका छन् । अर्का सचिवालय सदस्य रामवहादुर थापा वादललाई सकभर आफुसाग तान्ने, त्यसो गर्न नसक्दा वीचमा कतै खुल्न नदिई राख्न प्रयास गर्ने रणनीतिमा पनि ओली देखिएका छन् । तर वादल ओली प्रचण्ड अन्तरविरोधमा कतै तत्काल खुल्न नचाहेपनि अन्तत प्रचण्डतिरै हुने वादल निकटका नेताहरुको भनाई छ ।
प्रचण्ड  माधव नेपाल मिल्दा ओली स्थायी र केन्द्रीय समितिमा अल्पमतमा पर्नेछन् । त्यसवाट जोगिनका लागि पनि उनी सचिवालयमा मात्र पार्टी छलफल केन्द्रीत गराउन चाहेका छन् ।

प्रतिक्रिया दिनुहोस