महरालाई पक्राउ गर्न प्रहरीले पायो अदालतबाट अनुमति

सफल खबर संवाददाता

आइतबार, १९ असोज २०७६, १५ : ३१
महरालाई पक्राउ गर्न प्रहरीले पायो अदालतबाट अनुमति

काठमाडौं । यौन दव्र्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ । न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको छ । रोशनी शाहीले शुक्रबार प्रहरीमा महराविरुद्ध जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । 

प्रतिक्रिया दिनुहोस