राष्ट्रिय युवा सङ्घको केन्द्रीय सदस्यमा चितवनबाट चार युवा चुनिए

शनिबार, १८ असोज २०७६, १८ : ४५
राष्ट्रिय युवा सङ्घको केन्द्रीय सदस्यमा चितवनबाट चार युवा चुनिए

चितवन । नेपाल कम्युनिष्ट पार्टीको जनवर्गीय सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय समितिमा चितवनबाट चारजना युवाहरू केन्द्रीय सदस्य चुनिएका छन् ।

संगठनको केन्द्रीय सदस्य चुनिनेहरुमा माडी बसन्तपुरका सन्तोष पनेरु र दिवाकर बालग्राम परिवार सदस्य दिवश पाण्डेसँगै, साजन अधिकारी र प्रताप डल्लाकोटी रहनुभएको छ । पनेरु, पाण्डे र अधिकारी पूर्व माओवादी केन्द्र निकट योङ्ग कम्युनिष्ट लीग र डल्लाकोटी पूर्व एमाले निकट युवा संघबाट केन्द्रीय समितिमा चयन हुनुभएको हो ।

साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिइएको हो । केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ भने कात्तिक २० र २१ गते सङ्घको राष्ट्रिय भेला आयोजना भएको छ ।

प्रतिक्रिया दिनुहोस