मुलुकमा महँगी र भ्रष्टाचार बढेको छ : महासचिव  सिपी मैनाली

शुक्रबार, १७ असोज २०७६, १८ : ५३
मुलुकमा महँगी र भ्रष्टाचार बढेको छ : महासचिव  सिपी मैनाली

भक्तपुर । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाउनुभएको छ । 
    
नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाउनुभएको हो । 

नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।  (रासस)

प्रतिक्रिया दिनुहोस