महराले सरकारी सुरक्षा र गाडीको सुविधा फिर्ता गरे, डेरा पाएपछि सरकारी निवास छाड्ने

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, १९ : ००
महराले सरकारी सुरक्षा र गाडीको सुविधा फिर्ता गरे, डेरा पाएपछि सरकारी निवास छाड्ने

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारी सुविधा फिर्ता गरेका छन् । महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका हुन् ।  
संसद सचिवालयमै कार्यरत कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महराले राजीनानमा दिएका थिए ।

सभामुखको हैसियतमा रहँदा महराले बा२झ १२६८ नम्बरको गाडी चढ्दै आएका थिए । त्यसैगरी उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ जना प्रहरी सुरक्षामा खटिएका थिए । महराले आफू चढ्दै आएको गाडी संसद सचिवालय अन्तर्गतको सवारी शाखालाई बुझाएका छन् ।

महरा बालुवाटारस्थित सरकारी भवनमा बस्दै आएका छन् । सरकारी निवास सर्नका लागि भने डेरा खोजिरहेको महराका सञ्चारविज्ञ  डिल्ली मल्लले जानकारी दिए । डेरा पाएपछि सरकारी निवास पनि छाडिनले उनले बताए ।

प्रतिक्रिया दिनुहोस