नेकपामा अबको सभामुख को ?

सफल खबर संवाददाता

विहीबार, १६ असोज २०७६, ०८ : २१
नेकपामा अबको सभामुख को ?

काठमाडौं । कृष्णबहादुर महराले महिला वलत्कारको अभियोगमा सभामुख पदबाट राजीनामा दिएपछि नेकपामा अबको सभामुख को बन्ने भन्नेमा नेताहरुले लविङ शुरु गरेका छन् ।
नेकपाले सभामुख आफ्नो पाटीबाट बनाउन चाहेमा अहिले उपसभामुख रहेका शिवमाया तुम्वाहाम्फेलाई पनि पदबाट राजीनामा गराउनु पर्ने हुन्छ ।

संसद नियमावलीमा एकै दलका व्यक्ति संसदको सभामुख र उपसभामुख हुन नसक्ने र फरक दलवाट हुनुपर्ने प्रावधान छ । विगतमा सभामुख र उपसभामुख तत्कालिन एमाले र माओवादीका बीचमा एकता नहुँदै चयन भएका थिए ।
पार्टी एकतापछि प्रतिपक्षी कांग्रेस लगायत दलले नेकपा एउटै भएपछि एक ले राजीनामा दिएर अर्काे दललाई संवैधानिक ब्यवस्था अनुसार छोडिदिनुपर्ने मत राख्दै आएका थिए ।

तर पनि नेकपाले एकतापूर्वको भन्दै त्यसलाई टार्दै आएको थियो । तर अब नेकपालाई यो छुट छैन्, दुवै पद आफूले नै राख्ने । उसले सभामुख र उपसभामुख मध्ये एउटा पद छोडनै पर्ने हुन्छ ।
सभामुख उसले अहिले छोडन चाहेको छैन् । त्यसकारण उपसभामुख लाई राजीनामा गराएर सभामुख लिन चाहेको छ । तर उपसभामुखले राजीनामा कसलाई दिने भन्नेमा पनि संविधान र नियमावलीमा अन्यौल छ । सभामुखले उपसभामुख र उपसभामुखले सभामुखलाई राजीनामा दिन सक्ने व्यवस्था संविधानमा छ । तर सभामखुले उपसभामुखलाई राजीनामा दिईसकेपछि अब उपसभामखुले कसलाई राजीनामा दिने भन्न्ने कानुनी अन्यौलता पनि देखा परेको छ ।

यसका लागि संसद नियमावलीलाई संसोधन गरेरमात्र प्रक्रिया अगाडि बढाउनु पर्ने संवैधानिक कानुनका ज्ञाताहरुले जिकिर गरिरहेका छन् ।
कानुनी प्रक्रियाका हिसावले नेकपाले यस सम्बन्धमा मिलाए पनि सभामुख अब कसलाई बनाउला भन्ने बहस अहिले हुन थालिसकेको छ ।

को को छन् दावेदार ?
सभामुखका लागि नेकपाभित्र अहिलेकै उपसभामुखलाई राजीनामा गराउनु पर्ने भएकाले उनलाई नै बनाउनु पर्ने तर्क पनि छ । यसका अतिरिक्त पूर्वसभामुख सुवास नेम्वाङ, संससदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्वसभामुख ओनसरी घर्ती, अग्नि सापकोटा, गिरिराजमणि पोखरेल, हरिवोल गजुरेललगायत नेताहरुको नाम चर्चामा छ ।
सभामुख पूर्वमाओवादीवाट रहेकोले पनि यसपटक पनि उक्त पद पूर्व माओवादीबाट हुनुपर्ने माओवादी पक्षका नेताहरुले बताइरहेका छन् । तर एकता भइसकेको र सभामुख लिन उपसभामुखले राजीनामा दिनुपर्ने भएकोले अब यो समुह र ऊ समुह भनेर जिकिर गर्नु राम्रो हुँदैन ।

पूर्वएमाले समुहमा नेम्वाङ सभामुख कसलाई बनाउने भन्नेमा अब निर्णयक हुने देखिन्छन् । अहिलेका उपसभामुख पनि नेम्वाङकै मान्छे हुन् ।
यसो हुँदा पूर्वएमालेबाट रोजाइमा परेमा शिवमाया तुम्वाहाम्फे र नेम्वाङमध्ये एकको दावी हुने देखिएको छ ।

माओवादीबाट भएमा ओनसरी, देव गुरुङ, अग्नि सापकोटा र गिरिराजमणि पोखरेलको नाम चर्चामा आउन सक्नेछ । यसो हुँदा यी मध्ये एकबाट छनौट हुन सक्ने अनुमान लगाउन सकिन्छ । 

प्रतिक्रिया दिनुहोस