खराब मौसमले भरतपुर विमानस्थलको उडान, अवतरण प्रभावित

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, १३ : ३४
खराब मौसमले भरतपुर विमानस्थलको उडान, अवतरण प्रभावित

चितवन । खराव मौसमका कारण भरतपुर विमानस्थलमा उडान तथा अवतरण अवरुद्ध भएको छ । बिहानैबाट पानि परिरहेका कारण आज एउटा पनि उडान तथा अवतरण हुननसकेको विमानस्थलका सुचना अधिकारी दिपक विकले जानकारी दिए । 

भरतपुर विमानस्थलबाट सामान्य अवस्थामा दैनिक ११ वटा उडान हुने गरेको छ । विमानस्थल आज विहानैबाट अवरुद्ध रहेको छ । काठमाण्डौबाट विहान ८ बजे, ११ बजे र १२:५५ बजे बुद्ध एयरले भरतपुरका लागी उडान भर्ने तालीका भए पनि अवरुद्ध भएको छ । यस्तै विहान साढे ९ बजे र दिउँसो १ बजे यति एयरले उडान भर्ने तालीका पनि प्रभावित भएको विमानस्थलले जनाएको छ । 

यस्तै पोखराबाट ९ र ४५ बजे यति र १०ः५० बजे बुद्ध एयरले चितवन उडान गर्ने तालिका प्रभावित भएको छ । कुनै पनि उडान तथा अवतरण हुननसक्दा सयौँ हवाई यात्रु प्रभावित भएका छन ।  

नेपालगञ्जबाट काठमाण्डौ हिडेको माउन्टेन एयरको हेलिकप्टर भरतपुर विमानस्थलमा आकस्मिक अवतरण गरीएको सुचना अधिकारी विकले बताए । उनका अनुसार काठमाण्डौको मौसम खराब भएकाले नेपालगञ्जबाट उडेको हेलिकप्टर बिच बाटैमा अवतरण गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस