चितवन । ट्याक्टरको ठक्करबाट चितवनमा एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ७ गैडाखोलाका २८ वर्षीय विकास श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जुटपानीबाट क्लव चोक तर्फ गईरहेको ना ३ त १३३५ नम्बरको ट्याक्टरले विपरित दिशाबाट गईरहेको ना ४१ प ९८४९ नम्बरको मोटरसाईकललाई शनिवार राति साढे १० बजे ठक्कर दिदा चालक श्रेष्ठ गम्भिर भाईते भएका थिए ।
उनको भरतपुरमा उपचारका क्रममा राति १०ः४५ बजे मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले बताए । श्रेष्ठसँगै मोटरसाईकलको पछाडी सवार सोहि स्थानका ३० वर्षीय मुकेस पौडेल घाईते भएका छन । उनको उपचार भईरहेको छ । ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ भदौ २०७६, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा महिलाको मृत्यु
जङ्गी अड्डामा ‘एकीकरण मार्ग बृहत् सेमिनार’ हुँदै
नौ हजार बढीले आज खोप लगाए
प्रधानमन्त्रीद्वारा इस्टोनियाका प्रधानमन्त्रीलाई बधाई
भोजपुरमा एक हजार बढीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
घूससहित पक्राउ परेका सव–इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर