भारतिय ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २९ भदौ २०७६, ०७ : ५०
भारतिय ट्रकले ठक्कर दिदा चितवनमा एक जनाको मृत्यु

चितवन । भारतिय ट्रकको ठक्करबाट चितवनमा मोटरसाईकल चालकको मृत्यु भएको छ । राप्ति नगरपालिका ६ का २५ वर्षीय सरोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

पुर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपलिका ४ मार्तल पुलमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको यु पी २१ सिएन ३१८८ नम्बकारे भारतिय ट्रकले सरोज सवार ना १२ प ४९०२ नम्बरको मोटरसाईकललाई शनिवार राति ९ः५० बजे ठक्कर दिएको थियो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परि मोटरसाईकलमा पछाडी सवार राप्ति नगरपालिका १ का १४ वर्षीय उत्सव श्रेष्ठ घाईते भएका छन । उनको भरतपुरमा उपचार भईरहेको छ भने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस