खानेपानीमन्त्री विना मगर अस्पताल भर्ना

शनिबार, २८ भदौ २०७६, २१ : २६
खानेपानीमन्त्री विना मगर अस्पताल भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरको   पिसावमा इन्फेक्सन देखिएपछि अस्पताल भर्ना भएकी छिन् ।

मन्त्री मगर भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी हुन् । उनलाई भेट्न नेकपा अध्यक्ष एवम् उनका ससुरा प्रचण्डले मन्त्री मगरलाई शनिबार साँझ अस्पताल पुगेर भेटेका छन् ।

मन्त्री मगरको अवस्था सामान्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस