बाल दिवसको अवसरमा बकेनाद्वारा अनाथालयलाई भोजन

सफल खबर संवाददाता

शनिबार, २८ भदौ २०७६, १६ : ४७
बाल दिवसको अवसरमा बकेनाद्वारा अनाथालयलाई भोजन

चितवन । चितनव । चितवन भरतपुर २ स्थित बकेना बालबाटिकाले यस वर्षको बालदिवस अनाथ बालबालिकासँग मनाएको छ । यस कार्यक्रममा कक्षा १ का विद्यार्थीहरु समावेश भएका छन् ।

कक्षा एकका विद्यार्थीहरुले नृत्य तथा गीत सुनाएर मन्जुश्री अनाथ बालबालिकालाई मनोरञ्जन गराएका छन् । यस कार्यक्रमलाई सफल बनाउन कक्षा एकका अभिभावकहरुले सहयोग गर्नुभएको यसै संस्थाका प्रिन्सिपल प्रन्जना जोशीले बताउनुभएको छ । विद्यार्थीहरुलाई प्रयोगात्मक शिक्षा दिनुपर्छ भन्ने मान्यता राख्ने यस बकेना स्कुलले यहाँका विद्यार्थीहरुलाई थुप्रै नयाँनयाँ कार्यक्रम तथा गतिविधिहरुमा संलग्न गराउँदै आएको छ । 

बकेना बालबाटिकाका कक्षा एकका अभिभावकले मन्जुश्री अनाथालयका १५ जना बालबालिकालाई भोजन गराएका छन् ।

 बालबाटिकाले अनाथ बालबालिकाको सिकाइमा सहयोग गर्न शैक्षिक सामग्रीसमेत वितरण गरेको बकैना बालबाटिकाका प्रिन्सिपल  जोशीले बताउनुभयो । 

उहाँका अनुसार बालबालिकालाई विभिन्न किसिमका गिफ्टहरु पनि वितरण गरिएको थियो । अनाथ बालबालिकाले आफ्नो प्रतिभा देखाएका थिए ।

उहाँले आगामी दिनमा पनि यस्तो कार्यक्रमहरु गर्दै जाने र सामाजिक कामहरुमा पनि बालबाटिकालाई उभ्याउने बताउनुभयो । 


 

प्रतिक्रिया दिनुहोस