फरार अभियुक्त २१ वर्षपछि पक्राउ

विहीबार, २६ भदौ २०७६, २० : १९
फरार अभियुक्त २१ वर्षपछि पक्राउ

काठमाडौं । महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालतबाट चार वर्ष कैद सजाय पाएका उदयपुरको त्रियुगा नगरपालिका–७ का ४३ वर्षीय हरिनारायण सदालाई २१ वर्षपछि पक्राउ गरिएको छ ।

सिरहाको लहानमा लुकीछिपी बस्दै आएका सदालाई यपुरबाट गएका सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक मदनकुमार श्रेष्ठ नेतृत्वको टोलीले पक्राउ गरेको हो । सदालाई जिल्ला कारागार चलान गरिएको जिल्ला अदालतका श्रेस्तेदार राजकुमार आचार्यले जानकारी दिनुभयो । सदा विसं २०५२ मा एक महिलालाई त्रियुगा नदीको पुलमा जबरजस्तीकरणी गरी फरार रहँदै आएका थिए । 

प्रतिक्रिया दिनुहोस