निर्माण व्यवसायी संघ चितवनद्वारा क्रिकेट रंगशालालाई १० लाख सहयोग, संघको महासचिवमा पुस्तक गौतम

सफल खबर संवाददाता

विहीबार, २६ भदौ २०७६, १७ : ५८
निर्माण व्यवसायी संघ चितवनद्वारा क्रिकेट रंगशालालाई १० लाख सहयोग, संघको महासचिवमा पुस्तक गौतम

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि निर्माण व्यवसायी संघ चितवनले १० लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।

संघको २६ औं साधारणसभा तथा अधिवेशनको अवसर पारेर सो रकम हस्तान्तरण गरिएको हो । 
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष हरिप्रसाद घिमिरेले भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्लेलाई चेक हस्तान्तरण गरे ।

त्यस्तै संघको महासचिवमा पुस्तक गौतम सर्वसम्मत निर्वाचित भएका छन् । साधारणसभा तथा अधिवेशनमा निर्धारित समयमा पनि कसैको उम्मेदवारी दर्ता नभएपछि उनी सर्वसम्मत भएका हुन ।

लामो समयदेखि निर्माण व्यवसायमा लागेका गौतम अन्जना निर्माण सेवाका प्रवन्ध निर्देशक हुन् । अन्य पदमा भने निर्वाचन हुने भएको छ । अध्यक्ष पदका लागि उमानन्द कँडेल ‘बाबुराम’ र छवि गौतमको उम्मेद्वारी परेको छ । 

प्रतिक्रिया दिनुहोस