चितवनमा यसरी मनाइँदैछ संविधान दिवस

बुधबार, २५ भदौ २०७६, १६ : ०२
चितवनमा यसरी मनाइँदैछ संविधान दिवस

चितवन । चितवनमा भव्य तरिकाले संविधान दिवस मनाइने भएको छ । ०७६ सालको संविधान दिवस भव्यताका साथ मनाउनका लागि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा बैठक बसेको छ । वैठकले दिवस मनाउनका लागि ५५१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

असोज २, ३ र ४ गते सरकारी र गैरसरकारी कार्यालय तथा संस्था र जनताको घरघरमा साँझ दिपावली गर्ने र गर्न भनी अनुरोध गर्ने निर्णय भएको छ । ३ गते साँझ ६ वजे चौविसकोठीमा दिपावली गर्ने निर्णय भएको छ ।

त्यस्तै वर्तमान संविधानको बारेमा गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम असोज २ गते १ वजे बार एशोसिएसन चितवनले गर्ने निर्णय भएको छ । जिल्लाका विद्यार्थीहरु लक्षित गरी कविता, हाजिरीजवाफ, निवन्ध, वक्तृत्वकला प्रतियोगिता भरतपुर महानगर शिक्षा शाखा र शिक्षा विकास तथा समन्वय इकाइले गर्ने निर्णय गरिएको छ ।

असोज ३ गते विहान ७ वजे झाँकी, व्याण्डवाजाको साथमा राष्ट्रिय झण्डा सहित लायन्सचोकबाट पुल्चोक हुँदै लिलाचोक र अन्त्यमा नारायणी कला मन्दिरमा पुगेर टुगाइ औपचारिक कार्यक्रम गरेर समापन गर्ने निर्णय भएको जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।

प्रतिक्रिया दिनुहोस