Safal Khabar - बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ
बिहिबार, ०२ असोज २०७६ (Thursday, 19 September, 2019)
बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ
बुधबार, २५ भदौ २०७६, ०९ : ५२
बलात्कारको आरोपमा इञ्जिनीयर पक्राउ

बैतडी । बलात्कारको आरोपमा मङ्गलबार साँझ प्रहरीले एक इञ्जिनीयरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इञ्जिनीयर २७ वर्षीय रोशन चन्द रहेका प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो । 

स्थानीय १७ वर्षीय किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । “सोमबार किशोरीलाई ललाइफकाई डडेल्धुरा लगी जबर्जस्तीकरणी गरेको आरोप लागेको छ”, उहाँले भन्नुभयो, “अनुसन्धानका लागि पक्राउ गरेका हौँ ।”

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाइ छ । सव–इञ्जिनीयर पढ्दै गरेकी किशोरी नगरपालिकामा ओजेटी गर्दै आएको बताइएको छ । –रासस

nic asia
Yeti Diistillery

प्रतिक्रिया दिनुहोस