नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहाललाई पितृ शोक

सफल खबर संवाददाता

मंगलबार, २४ भदौ २०७६, २२ : ५३
नेकपा प्रदेश ३ अध्यक्ष नारायण दाहाललाई पितृ शोक

चितवन । नेकपा प्रदेश ३ का अध्यक्ष नारायण दाहाललाई पितृ शोक परेको छ । ९२ बर्षिया बुबा कुलप्रसाद दाहालको आफ्नै निवासमा निधन भएसगैँ अध्यक्ष दाहाललाई पितृ शोक परेको हो ।

आज राति भरतपुरको गौतमचोकमा ९ बजेको समयमा दाहालको निधन भएको थियो ।  

नेकपा अध्यक्ष प्रचण्डका ठुलोबुबा समेत रहेको दाहाल चितवनमा कास्कीबाट २०१९ सालमा बसाई सरेर आएका थिए । भने २०३६ सालदेखि भुमिगत रुपमा किसान संगठनका नेताको भुमिका निभाउदै नेपाली कम्यूनिष्ट आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो ।

उहाँकोनेकपा प्रदेश अध्यक्ष नारायण दाहालसहित ४ छोरा र दुई छोरी रहेका छन् । भने श्रीमती यसअघि नै निधन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस