चितवनमा सुफत मुल्यको पसल सञ्चालन

प्रकाश सिग्देल

मंगलबार, २४ भदौ २०७६, १८ : ४९
चितवनमा सुफत मुल्यको पसल सञ्चालन

– प्रकाश सिग्देल
चितवन । साल्टट्रेडिङ्ग कर्पोरेशन लिमिटेड चितवनले मंगलबारदेखि सुफत मुल्यको पसल सञ्चालनमा ल्याएको छ । बजार मुल्यभन्दा ५ देखि १० रुपैयाँसम्म प्रतिकेजीमा सस्तो पर्ने गरी चिनिसहित ३० प्रकारका खाद्यय बस्तु बिक्री गर्ने गरी सुफत मुल्यको पसल सञ्चालनमा ल्याएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सुफत मुल्यको पसलको शुभारम्भ गर्नु भएको हो । नेपाल सरकारले नेपालिहरुको महान चाड बडा दशंै, तिहार, तथा छठ पर्वलाई मध्यनजर गर्दै सहुलियत दरको सुफत पसल सञ्चालन गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी चितवनमा आफ्नो कार्यालयलाई आएकाले बिगतका वर्षमा जस्तै यो वर्षमा पनि सुफत मुल्यको पसल सञ्चालन गरिएको कार्यालयका प्रमुख बुद्धि बिनोद दाहालले बताउनुभयो ।

पसलमा नुन र चिनिमा मात्रा तोकिएको छ भने अन्य बस्तुमा भने मात्रा तोकिएको छैन् । कार्यालय प्रमुख दाहालका अनुसार चिनिको मुल्य प्रतिकेजी ७२ तय भएको छ भने नुनको मुल्य १८ कायम भएको छ । ग्राहकले एक पटकमा प्रति व्यक्ति ६ केजी चिनि र दुई केजी नुन खरिद गर्न पाउने छन् भने अन्य दाल गेडागुडी तेल चामल लगायतका चिज आवश्यकताअनुसार लान पाउने छन् ।

दाहालका अनुसार पसल कार्तीक १७ गतेसम्म सञ्चालनमा आउने छ भने बिदाको दिन र शनिवार पनि पसल सञ्चालन गरिने छ । 
कार्यालयले चाड पर्वको बेलामा ग्राहकहरु नठगिउन र सुफत मुल्यमा राम्रो र गुणस्तरीय चिज सेवन गर्न पाउन भन्ने उदेश्यले बिगतका वर्षमा जस्तै यो पटक पनि नुन चिनि लगायत चामल, दाल, गेडागुडी, चियापत्ती, तेल, पिठो, मसला, केराउ, मकै सहुलियत मुल्यमा सुफत मुल्यको पसलबाट कारोबार हुने बताउनुभयो ।

सेवाग्राहीको चापलाई ध्यानमा राखी कुपनको व्यवस्था गरी पहिला आउनले पहिला नै सामान लान सक्ने गरी टोकन सिस्टमको विकास गरेको दाहाल बताउनु हुन्छ ।  
कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी बस्नेतले सुफत मुल्यको पसलले आम सर्वसाधारण ग्राहकहरुलाई धेरै फाइदा पुग्ने बताउनुभयो ।
बाहिर बजारमा भन्दा यहाँको पसलमा सस्तो पाइने भएकाले सुफत मुल्यको पसलबाट मुल्य सुचिमा तोकिएको रकममा सामान खरिद गरी लाभ लिन आग्रह गर्नुभयो ।

त्यस्तै उहाँले कार्यालय प्रमुख दाहाललाई किसानलाई चाहिने रासायनिक मलको उचित ब्यवस्थापन गर्न समेत निर्देशन दिनुभयो । धान र केराको सिजनलाई चाहिने मलको प्र्रयाप्त व्यवस्थापन गरी अभाव हुन नदिन उहाँले आग्रह गर्नुभयो । सो क्रममा उहाँले कार्यालय र गोदामको अनुगमन तथा निरिक्षण गर्नु भएको थियो । सो क्रममा उहाँले साल्टट्रेडिङ्ग र कार्यालय प्रमुख दाहालले गरेको कामको प्रशंसा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस