विश्वविद्यालयमा दलीय भागबण्डा रोक्न नेविसंघको खबरदारी

आइतबार, १५ भदौ २०७६, १७ : १३
विश्वविद्यालयमा दलीय भागबण्डा रोक्न नेविसंघको खबरदारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गदै खबरदारी –याली निकालेको छ । 

नेविसंघले आइतबार काठमाडौंस्थित माइतीघरबाट बानेश्वरसम्म र्याली निकालेको थियो । र्यालीमा सहभागी नेविसंघका नेता कार्यकर्ताले राजनीतिक भागबण्डाबाट विश्वविद्यालयमा पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने चेतावनी दिए । 

र्यालीमा सहभागी नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले विश्व विद्यालयमा राजनीतिक भागबण्डा कायम राखे पदाधिकारीलाई विश्वविद्यालय प्रवेशमा रोक लाग्ने चेतावनी दिए । 

यस्तै नेविसंघ निवर्तमान उपसभापति रामप्रसाद अधिकारी, युवराज पाण्डे केन्द्रीय सदस्य नवराज त्रिपाठी आफूहरुको माग कार्यान्वयन नभएसम्म चरणबद्ध रुपमा आन्न्दोलन अगाडि बढ्ने बताए । 
विश्वविद्यालयमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डा रोक्न नेविसंघ खबरदारीमा उत्रिएको नेविसंघका त्रिभुवन विश्वविद्यालय सभापति हरि आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस