गैडाकोटमा डेंगु रोगको महामारी फैलँदै, १ जनाको मृत्यु

प्रकाश सिग्देल

मंगलबार, १० भदौ २०७६, १८ : ५७
गैडाकोटमा डेंगु रोगको महामारी फैलँदै, १ जनाको मृत्यु

चितवन । गैडाकोटमा डेगुं रोगको महामारी फैलने सम्भाना रहेको भन्दै सरोकार वालाहरुले चिन्ता प्रकट गरेका छन् । गत वर्ष १ जनामा देखिएको डेगुं  अहिले ५० जनामा देखिएको र यो अवस्था बढ्ने क्रममा रहेकाले यसको महामारी फैलन सक्ने सम्भावना उच्च रहेको नगर स्वास्थ्य शाखा प्रमुख ईन्द्र राज सापकोटाले बताउनु भयो । उहाका अनुसार गैडाकोट १६ मा डेगुंका कारण १ जनाको मृत्यु समेत भईसकेको छ । गैडाकोटमा डेगुं परिक्षणको किटको  समेत अभाव रहेको र किट खरिद गर्ने क्रममा आफुहरु रहेको सापकोटाले बताउनु भयो । गैडाकोटमा गैडाकोट स्वास्थ्य चौकी,पितौजीघाट स्वास्थ्य चौकी, अमरापुरी स्वास्थ्य चौकीमा ल्याव रहेको र ती स्वास्थ्य सस्थालाई किट प्रदान गर्नका लागी १०० थान किट खरिद गर्ने क्रममा आफुहरु रहेको उहाले बताउनु भयो ।  त्यसका लागी नगरपालिकाबाट बजेट माग भई बुधबार सम्म खरिद गरिसक्ने र बितरण गर्ने उहाको भनाई छ । नगरपालिकाको सुईकृत बजेट मार्फत डेगुं नियन्त्रणका लागी दुई लाख र औलोका लागी १ लाख १६ हजार बिनियोजन भएको र त्यो बजेटले सम्झव हुने अवस्था भने नदेखिएको उहाको भनाई छ । अहिले आफुहरुले तत्काल उद्यार टोलि र औषधी उपकरण तयारी हालतमा राखेको र महामारीकै अवस्था सृजना भएमा सरुवा रोग नियन्त्रण महासाखाबाट बिज्ञ टोलि भिकाएर नियन्त्रणको प्रयास थाल्ने बताउनु भयो ।

बेलैमा यो बिषयमा सबै जना सक्रिय र चनाखो रहन नसके यसले गैडाकोटमा ठुलै महामारी ल्याउन सक्ने भन्दै उहाले यस बिषयमा नगर कार्यपालिका सहित सम्रग नगरबासिनै चनाखो र सक्रिय हुन आवस्यक रहेको तर्क गर्नु भयो ।

त्यस्तै गैडाकोट २ का अध्यक्ष एवं नगरपालिका स्वास्थ्य तथा सामाजिक समितिका संयोजक धुर्ब राम पौडेलले गैडाकोटमा डेगुंको उच्च जोखिम रहेको र महामारी फैलन नदिन नगर कार्यपालिका सहित समग्र टिमनै चनाखो र सक्रिय भएर लागेको बताउनु भयो ।  उहाले बुधबारबाटनै गौडाकोटका युवा स्वास्थ्य स्वयम सेबिकाका साथै सबै जनप्रतिनिधि र नगरबासि सक्रिय भएर खोज र नष्ठ गर अभियान थालिने बताउनु भयो । त्यस्तै स्ंवास्थ्य संस्थामा किट प्रदान गरि डेगुको परिक्षण र उपचारको कामलाई प्राथमिक्ता दिईने बताउनु भयो ।

गैडाकोट नगर स्वास्थ्य शाखाले स्वास्थ्य कर्मी र जनप्रतिनिधि सहभागी गराई नगरमा भाईरल ज्वरो र डेगुंको अवस्थाको बारेमा सचेतना समेत प्रदान गरेको थियो ।
कार्यक्रममा सहभागि वडा अध्यक्षहरुले गैडाकोटमा डेगुंको महामारी फैलन नदिन सबैखाले सचेतनाका अभियान सन्चालन गर्नु पर्ने बताएका थिए ।

डेगुं ज्वरो एडिस एप्टिाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाई वाट सर्ने संक्रामक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे नगर तथा नगरउन्मूख क्षेत्रमा बढी पाईने भएकोले शहरी रोग पनि भन्ने गरिन्छ । यस जातको लामखुट्टेले स साना सफा पानी जमेका स्थानमा फूल पार्ने गर्दछ । खास गरी वर्षाको पानी जम्ने टीनका डव्वाहरु,रंगका खाली डव्वाहरु,थोत्रा टायरहरु,,अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु,फूलदान,गमला,कूलर,पानीका टयांकी आदिमा यसले फूल पार्दछ ।यस लामखुट्टेले धेरैजसो दिउसो मात्र टोक्ने गरेको पाइएको छ । डेंगू ज्वरोका मुख्य लक्षणहरुमा एक्कासी उच्च ज्वरो आउने ,असाध्यै टाउको दख्ने, आंखाको गेडी तथा पछिल्लो भाग दख्ने ढांड जोर्नी तथा मांसपेशीहरु दख्ने,शरीरमा विमिरा आउन,रक्तश्राव हूने ,एक्कासी उच्च ज्वरो आउने लगायत हुने गर्दछन् । यी मध्य दूई वा दूई भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ । त्यसैले त्यस्तो कुनै लक्षण देखा परे तुरुन्त स्वास्थ्य संस्थामा जान स्वास्थ्य कर्मीले सुझाव दिएका छन् । 

प्रतिक्रिया दिनुहोस