घुससहित लेखापाल पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०९ भदौ २०७६, २२ : ०३
घुससहित लेखापाल पक्राउ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल जयसिंह राय थारू २५ हजार घुससहित पक्राउ परेका छन् । 
फेटा गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय, बारामा कार्यरत रहँदा उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरेबापत सेवाग्राहीसँग पटकपटक घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा मकवानपुरबाट खटिई गएको टोलीले उनलाई पक्राउ गरेको हो । 
उनलाई रकम लिइसकेको अवस्थामा कलैयास्थित कलैया भान्साघरबाट उक्त रकम सहित रङ्गेहात नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस