सोमबार बिहान ६ बजेदेखि चितवनका यी स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने ( निषेधाज्ञा सहित)

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, २२ : ४३
सोमबार बिहान ६ बजेदेखि चितवनका यी स्थानमा ५ जना भन्दा बढी जम्मा हुन नपाइने ( निषेधाज्ञा सहित)

भरतपुर ।  पत्रकार शालिकराम पुडासैनी मुत्यु प्रकरणमा पक्राउ परेका रवि लामिछाने समर्थकले हुलदंगा र अशान्ति मच्चाउन थालेपछि जिल्ल प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरेको छ। सोमबार बिहान ९ बजेदेखि अनिश्चितकाल सम्मका लागि ५ जना भन्दा बढी हिँडडूल गर्न नपाइने गरी प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 
प्रशासनले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित मुद्दाको अनुसन्धान, अभियोजन र न्यायिक निरुपण गर्ने निकायहरु रहेको स्थानमा हुलढंगा र अशान्ति हुन सक्ने देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को (३क) बमोजिम तोकिएको चार किल्लाभित्र हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जना भन्दा बढी मानिस भेला हुन नपाइने गरी ओदश जारी गरेको हो । 
निषेधित किल्लाको रुपमा  पूर्वमा बाइपास सडकतर्फको आन्तरिक राजश्यक कार्यालयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म, पश्चिममा लोकमार्गतर्फको सप्तगण्डकी अस्पतालको चोकदेखि चौबीस कोठीसम्म, उत्तरमा आन्तरिक राजश्यक कार्यालयको चोकदेखि पुरानो मेडिकल कलेज जाने चोकसम्म र दक्षिणमा  बाइपासतर्फको घरेलु कार्यालयको चोकदेखि सप्तगण्डकी अस्पताल चोकसम्मलाई तोकिएको छ । 
आजमात्रै रवि समर्थक र प्रहरीबीच झडप हुँदा दुबै तर्फका गरी एक दर्जनबढी घाइते भएका थिए। प्रहरीले बुझाएको फाइलको आधारमा सरकारी वकीलको कार्यालयले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो भने एक नम्बर इजलाशमा रुकु कार्कीकोबयान सकिएको छ । यस्तै रवि र युवराज कँडेलको भोलि बयान हुनेछ । उनीहरु तिनै जना शालिकरामको आत्महत्या दुरुत्साहको आरोपमा पक्राउ परेका हुन् । रविका समर्थकले भने रवि निदोर्ष रहेको दाबीसहित निरन्तर आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस