एयरपोर्ट नजिकै तीब्र गतिको ट्रिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो, एकको ज्यान गयो

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, २२ : २५
एयरपोर्ट नजिकै तीब्र गतिको ट्रिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो, एकको ज्यान गयो

काठमाडौं । त्रिभुवन विमानस्थल नजिकै तीब्र गतिको ट्रिपरले तीन वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  
आइतबार राती नम्बर खुल्न नसकेको सो ट्रिपरले   बा ८५ प ५६९, ज ४३ प ९७५३र ना४३प ८७३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको छ । 

काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका मध्ये एकको सिभिल अस्पतालमा उपचार भइरहेको छ । र अर्का दुई जनाको केएमसी अस्पतालमा उपचार भइरहेका छन् ।

ठक्कर दिएपछि ट्रिपर फरार भएको प्रहरीले बताएको छ । ट्रिपरको खोजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस