रविका समर्थक र प्रहरीविच झडप, प्रहरीसहित दर्जनौ घाईते

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १९ : ४७
रविका समर्थक र प्रहरीविच झडप, प्रहरीसहित दर्जनौ घाईते

चितवन । भरतपुरमा रविका समर्थक र प्रहरीविच झडप हुँदा दर्जनौ व्यक्ति घाईते भएका छन । दोहोरो झडपमा परी प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालासहित ७ जना प्रहरी घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केहि प्रदर्शनकारी पनि घाईते भएको बताईएको छ । 
साँझपख चौविसकोठी क्षेत्रमा प्रहरीमाथी ढुंगा प्रहार गरेपछि झडप भएको कोईरालाले बताए । उनले आफु अस्पतालमा उपचारका क्रममा रहेकाले के कति क्षेति भए भन्नेबारे जानकारी आईनसकेको बताए । झडपका क्रममा प्रहरीले आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको थियो । 
दिनभर सान्त भएको भरतपुर साँझ परेसँग झडपमा परिणत भएको हो । रवि लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्किलाई पुन हिरासत फर्काएपछि प्रदर्शनकारी आक्रोसित बनेका हुन । उनिहरुले नाराजुलुससहित प्रदर्शन गरेका थिए । झडप भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ । 

प्रतिक्रिया दिनुहोस