फेसबुकमार्फत सीडीओलाई गालीगलौज गर्ने फन्दामा

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १३ : ४४
फेसबुकमार्फत सीडीओलाई गालीगलौज गर्ने फन्दामा

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई गाली गलौज गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको सिम्रनगढ घर भइ श्री कंकाली अटो ट्रेडर्सका सञ्चालक शन्नि कुमार गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

गुप्ताले वीरगन्जमा कपडा बैंक खोल्नका लागि सीडीओले असहयोग गरेको भन्ने आशयको स्टाटस मिम वीरगन्जले लेखेपछि त्यसमा सीडीओलाई लक्षित गर्दै कमेन्ट गरेका थिए ।

उनले ‘सेवा गर्नको लाइसेन्स चाहिने त्यो सीडीओलाई थप्पड हान्नु भएन.....?’ भन्दै सामाजिक सञ्जालमा अपाच्य कमेन्ट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस