पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डको चेतावनी : यस्तै बकबक गरिरहे नागार्जुबाट निकाल्ने छौं

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १८ : ३१
पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रचण्डको चेतावनी : यस्तै बकबक गरिरहे नागार्जुबाट निकाल्ने छौं

रामेछाप । पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागार्जुनबाट निस्कन भनेका छन् ।

वीपीमार्गलाई रामेछापको खाँडादेवी गाउँपालिका जोड्न सुनकोशी नदीमाथि खैरेनी घाटमा बनेको पक्की पुलको आइतबार उद्घाटन गर्दै प्रचण्डले यस्तो बोलेका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएको भन्दै बकबक गरिरहे जनताले नागार्जुबाट निकाल्ने चेतावनी दिए ।

शनिबार एक कार्यक्रममा राप्रपा अध्यक्ष कमल थापाले सरकार होइन, व्यवस्था नै फेर्नुपर्ने बताएका थिए । थापाको नाम नलिएपनि उनी तिर संकेत गर्दै प्रचण्डले जिन्दगीभर तानाशाहहरुको चाकरी गर्नेहरुले अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको टिप्पणी गरे ।

प्रचण्डले राजा माहाराजाका केही दासहरुले सरकार मात्र होइन, व्यवस्था नै फेर्ने बकबक गरिरहेको आरोप लगाए । यदि उनीहरु सच्चिएनन् भने नसोचेको हबिगत हुने प्रचण्डको चेतावनी छ ।

प्रचण्डले जनताको त्याग र बलिदानले ल्याएको व्यवस्थाको सम्मान गरी अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस