मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, ३० जेठ २०७६, १३ : १३
मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँ । बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोट मेगाङ गाउँपालिका–८ का रोशन मगर र सोही ठाउँका राहुल तामाङ रहेका छन् । महानगरीय प्रहरी वृत्त बालाजुले बिहीबार बिहान उनीहरुलाई पक्राउ गरेको वृतका प्रमुख डीएसपी बाल नरसिंह राणाले जानकारी दिए । उनीहरुले तार्केश्वर नगरपालिका–२ स्थित पार्किङ गरी राखेको बा.६३ प.३३८ नम्बरको निलो रंगको पल्सर मोटरसाईकल चोरी गरेका थिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस