विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

विहीबार, ३० जेठ २०७६, १२ : २०
विप्लव नेकपाका जुम्ला इञ्चार्ज पक्राउ

खलङगा । नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेता जुम्लामा पक्राउ परेका छन् । उक्त समूहका जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवा (रवि किरण)लाई प्रहरीले पक्राउ गरेको हो । 

बुधबार राति १ बजे सिँजा गाउँपालिका–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो । सोही कार्यालयमा हिरासतमा राखिएको जनाइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस