Safal Khabar - चट्याङ लागेर एक बालिकाको मृत्यु, तिन जना घाइते
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
चट्याङ लागेर एक बालिकाको मृत्यु, तिन जना घाइते
बुधबार, २९ जेठ २०७६, १० : ४३
चट्याङ लागेर एक बालिकाको मृत्यु,  तिन जना घाइते

डडेल्धुरा ।  डडेल्धुरामा चट्याङ लागेर परशुराम नगरपालिका–३, मार्कुकी १३ वर्षीया  संगीता भाटको मृत्यु भएको छ ।

बुधबार बिहान घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते संगीतालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ । संगीता भागेश्वर मावि, शीर्षमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

चट्याङ लागेर सोही स्थानका अन्य तीनजना घाइते भएका छन् । ४० वर्षीय भरत विष्ट, ५० वर्षीय महादेव भट्ट र १५ वर्षीया मीना भाट घाइते भएका हुन् । मीना संगीताकी दिदी हुन् । घाइतेमध्ये भरतको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस