पुष्पाञ्जली हस्पिटललाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, ०७ : १८
पुष्पाञ्जली हस्पिटललाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति

चितवन । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेकोमा भरतपुरमा रहेको श्री पुष्पाञ्जली हस्पिटल प्रा.लि.पनि सूचीकृत भएको छ । 
चितवन मेडिकलले भने यो सुबिधा प्रदान गरिसकेको छ । यसबाट मेडिकल सिटीको रुपमा परिचित चितवनमा वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुलाई स्वास्थ्य परीक्षणका लागि सहज हुनेछ ।
सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड पूरा गरेका ५१ स्वास्थ्य संस्थालाई सूचीकृत गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस