मिस नेपाल अनुष्का श्रेष्ठ : जसलाई अष्ट्रेलियाको जागिरभन्दा नेपालको समाजसेवा प्यारो

सफल खबर संवाददाता

शुक्रबार, २७ बैशाख २०७६, १६ : ०९
मिस नेपाल अनुष्का श्रेष्ठ : जसलाई अष्ट्रेलियाको जागिरभन्दा नेपालको समाजसेवा प्यारो

काठमाडौं । नेपाली युवाहरुको सपनाको देश अष्ट्रेलियामा एउटा उच्च पदमा पुगेकी थिइन् अनुष्का श्रेष्ठ । बैंकको जागिरे थिइन् उनी । त्यसमा पनि अष्ट्रेलियाको एक नं मा रहेको बैंक कमनवेल्थको उच्च पदमा पुगेकी थिइन् उनी । 
अष्ट्रेलियाको जागिर उनलाई केही लागेन । नेपालको समाजसेवाले यसरी तान्यो, अष्ट्रेलियाको जागिर उनले क्षणभरमै छोड्दिन । उनी त्यहाँको सालिन जागिर छोडेर मिस नेपालमा भाग लिन आइन् । मिस नेपाल जिते पनि समाजसेवा, हारे पनि समाजसेवा गर्ने उनको अठोट थियो । 
धेरैले उनलाई यति राम्रो जागिर फेरि पाउन मुश्किल हुने भएकाले मिस नेपालमा सहभागी नहुन आग्रहसमेत गरेका थिए । तर नेपालको समाजसेवाको अगाडि अष्ट्रेलियाको जागिर उनको लागि केही भएन ।
सधैं नै सत्य बाटोमा हिँड्ने र लगनशील अनुष्काका लागि अष्टेलियाका बैंकको जागिर त्यागेर मिस नेपालमा भाग लिन आइन् र नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतिस्पर्धा जितिन् । मिस नेपालको जात पहिरिन । उनी भन्छिन्, ‘मिस नेपाल जितेपछि नेपालको समाजसेवाको पहिलो ढोका खुलेको अनुभव भइरहेको छ ।’
बेलुका कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’ को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा भएको थियो ।
२५ जना प्रतिस्पर्धीलाई जितेर मिस वल्र्ड नेपालकी विजेता बनेकी अनुष्का श्रेष्ठलाई लागि यतिबेला अष्ट्रेलिया खुसी त के खुसी नेपालको खुसी पो खुसी हो भन्ने अनुभव भइरहेको छ । मिस नेपालको आयोजना सुरु भएको २५ औं वर्ष अर्थात् रजत जयन्तीको ताज पहिराउने अवसर अनुष्काले पाइन् । 
मिस नेपाल वल्र्ड २०१८ कि विजेता श्रृङख्ला खतिवडाले क्राउन लगाइदिँदै गर्दा अनुष्काको आँखाबाट हर्षका आँशु छचल्किएका थिए । अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने अठोट बोकेर नेपाल छिरेकी थिइन् । मिस वल्र्ड नेपालको ताजले उनलाई अब देशका लागि केही गरेर देखाउने अवसर दिएको छ । 
अनुष्काको नेपालप्रतिको मायाले सबै युवालाई एकपटक सोच्न बाध्य बनाएको छ । विदेको चिल्लो बाटोमा गाडीको अगाडि र समुद्रको किनारमा फोटो खिच्नेहरुलाई अनुष्काको यो त्यागबाट एकपटक सोच्ने बाध्य पारेको छ । 
काठमाडौंमा जन्मिएकी अनुष्का पाँच वर्ष अगाडि उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी थिइन् । उतै उच्च शिक्षा हासिल गरेर बैंकको जागिरे जीवन बिताइरहेकी थिइन् । २३ वर्षमा उकालो लागेकी अनुष्का अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी
नेपाल आउनुअघि अनुष्काले भनेकी थिइन्, ‘विदेशमा बस्ने मानिसहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनौं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै काम गर्न चाहन्छु ।’
ताज पहिरिएपछि अनुष्का भन्छिन्, ‘सामाजिक सेवामा लाग्छु, मलाई सामाजिक सेवा नै प्यारो लाग्छ ।’ अनुष्काले नेपालका विभिन्न स्थानमा पुगेर गर्न चाहेको समाजसेवामा अब उनले पाएको ताजले झनै ठूलो मद्दत गर्नेछ भन्ने आशा गर्न सकिन्छ । 
मिस नेपाल वर्ल्डको क्राउन लगाएर खुसी साटिरहेकी अनुष्काका लागि चुनौतीको पहाड पनि सँगसँगै खडा भएको छ । डिसेम्बरमा हुने मिस वर्ल्डमा अनुष्काले त्यो पहाड फोड्न सक्लिन् ? 

प्रतिक्रिया दिनुहोस